पोखराको सञ्चय सहकारीद्वारा नेत्रहीन संघलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाले नेत्रहीन संघ कास्कीलाई सहयोग गरेको छ ।

रजत जयन्तीको अवसर पारेर सहकारीले ४० हजार रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको बताइएको छ । सहयोग सामग्रीमा १७ रिङ ब्रेल पेपर, ३० थान स्लेट र ४० थान स्टालस छन् ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच सहकारी अध्यक्ष गणेश थापाले कास्की नेत्रहीन संघ अध्यक्ष श्रीकान्त सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा सहकारीको भित्तेपात्रो विमोचन र शुभकामना आदानप्रदान गरिएको थियो ।

सहकारी अध्यक्ष थापाले सहयोग सामग्री दृष्टिविहीन विद्यार्थीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेत्रहीन संघका अध्यक्ष सापकोटाले सहकारीले लगाएको गुन कदापि भुल्न नसकिने स्पष्ट पारे ।
सहकारी अध्यक्ष थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button