एगा पोखराद्वारा शैक्षिक सामग्री सहयोग

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

नयाँवर्ष २०८१ को अवसर पारेर संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले पर्यटकले चिनारीका रुपमा लैजाने सामग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिँदै आएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्ला समयमा पोखरामा बढेको पर्यटकको आकर्षणले उत्साह थपेको बताए ।
उनले २०८१ सालमा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गरे ।

एगा पोखराका सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले नयाँ वर्षले पर्यटन व्यवसायीमा थप उमङ्ग र उत्साह ल्याउने विश्वास व्यक्त गरे ।

एगा पोखराका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उपाध्यक्ष गोकर्ण लम्सालले स्वागत, सचिव गीता ढकाल (पौडेल) ले सञ्चालन गरेका थिए ।

कार्यक्रममा एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक एवं कोषाध्यक्ष माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button