पोखराको राधाकृष्ण बृद्धाश्रममा सहयोग

पोखरा । हेमबहादुर पुन स्मृति प्रतिष्ठान र समाजिक कल्याण प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८१ का अवसरमा पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच हेमबहादुर पुन स्मृति प्रतिष्ठानका सदस्य एवम् पूर्वमन्त्री उत्तमबहादुर पुन, प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पूर्व मन्त्री उत्तम पुनले राधाकृष्ण बृद्धाश्रमले ज्येष्ठ नागरिकको सेवामा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै सहयोग गर्न पाउँदा आँफूहरूलाई खुसी लागेको बताए ।

गरिब तथा असहायको सहयोगमा आँफू निरन्तर लागिरहेको बताउँदै उनले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

हेमबहादुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.रविन्द्र पुनले बृद्धाश्रमको व्यवस्थापन राम्रोसँग चलिरहेको पाइएको बताउँदै सहयोगलाई अवसरमा रुपमा लिएको धारणा राखे ।

राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ-संस्था तथा व्यक्तिको सहयोगले बृद्धाश्रम सञ्चालनमा सहयोग पुगेको बताउँदै आगामी दिनमा यस्तै किसिमको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा करिब ५० हजार रुपैयाँ बराबरको दाल, चामल आलु लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सामाजिक कल्याण प्रतिष्ठान नेपालका महासचिव सूर्यप्रसाद बास्तोलाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button