बुढानीलकण्ठ किरियाकर्म व्यवस्थापन समिति अध्यक्षमा राजेन्द्रनिधि

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ स्थित बुढानीलकण्ठ किरियाकर्म व्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्रनिधि कोइराला चयन भएका छन् । संस्थाको पाचौँ साधारणसभा तथा अधिवशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संस्थाको कार्यसमिति सदस्यमा गेहेन्द्रेश्वर कोइराला, भरतराज पौडेल, धर्मराज पराजुली, लक्ष्मी कोइराला, सरस्वती पौडेल, उपेन्द्रराज देवकोटा, अनन्त लम्साल, गोपालप्रसाद तिमिल्सिना, माधव सिग्देल र उदारराज भण्डारी छन् । निर्वाचित सदस्यबाट पदाधिकारी तोक्ने अधिकार अध्यक्षमा निहीत रहेको छ ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष देवकृष्ण पराजुलीले संस्थाका लागि वडाबाट विगतमा पनि रहयोग रहँदै आएको र आगामी दिनमा पनि जारी रहने प्रतिवद्धता जनाए ।

संस्थाका अध्यक्ष राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भरतराज पौडेलले सञ्चालन र सचिवको प्रतिवेदन प्रस्तुत, कोषाध्यक्ष उदयराज भण्डारीले आयव्यय प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा बुढानीलकण्ठ मन्दिर समितिका अध्यक्ष लोकनाथ भण्डारी, संस्थाका कार्यसमिति सदस्य गेहेन्द्रेश्वर कोइराला र आजीवन सदस्य गोविन्द प्रसाद पराजलीले शुभकामना मन्तव्य राखेका थिए । २०७१ सालमा स्थापित संस्थामा हाल ७२ जना आजीवन सदस्य छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button