पोखराको ठूूलाकोटस्थित काल भैरवमा रोट पकाउने पर्व

पोखरा । कास्कीको पोखरा महानगरपालिका-२८ ठूलाकोटस्थित काल भैरव मन्दिरमा यस वर्षको चैते दसैँका अवसरमा यही वैशाख ४ गते रोट पकाउने पर्व मनाइने भएको छ ।

वर्षको दुुई पटक आश्विन शुक्ल पक्षको दसैँ र चैते दसैँमा भैरवको पूजापाठ गर्ने प्राचीन परम्परालाई निरन्तरता दिँदै यस वर्ष चैत्राष्टमीका अवसरमा विशेष पूजाआजा गर्न लागिएको पीठाधिश वसन्तनाथ योगीले जानकारी दिए ।

विसं २०८१ मा तीन दसैँ पर्ने भएकाले यस वर्षमा भैरवले पृथ्वीको भ्रमण गर्ने प्राचीन किंवदन्तीसमेत रहेको बताउँदै उनले भैरवलाई खुसी पार्न विशेष प्रकारको रोट पकाउने र चढाउने प्रचलनअनुसार विभिन्न सामग्री मिसाएर तयार पारिएको एक पाथि पिठो बराबरको रोट पकाउने योजना रहेको उहाँको भनाइ छ ।

भैरवका नाममा बनाएकोे रोट प्रसाद खाँदा नयाँ वर्ष फलदायी बन्ने, अन्नबाली राम्रो हुने, रोगब्याधी नलाग्ने प्राचिन मान्यता रहेको छ । चामल, आटाको पिठो, नरिवल, छोडा, ल्वाङ, सुकुमेल, दालचिनी, मिठासुप, चिनी, काजु, अलैँची, मरिच, ध्यू, गाईको दूध लगायतका सामग्री प्रसादको रूपमा जम्मा गरी वैदिक विधिपूर्वक यज्ञ मण्डपमा रोट पकाएर भैरवलाई चडाउने प्रचलन छ ।

अष्टमीकै दिनमा ठूूलाकोट काल भैरव मन्दिरमा चण्डी पाठसहित भैरवको कार्य क्षेत्रभित्र कलश यात्रा निकालिने कार्यक्रम रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष तिलकशाली अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button