कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त-९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए ।
घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
“महिलाको शव शवपरीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको छ”, प्रवक्ता जोशीले भने, “घटनाको थप अनुसन्धान भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution