शैक्षिक क्षेत्रमा न्यु ग्यालेक्सीको भूमिका प्रशंसनीय : प्राडा गुरुङ

पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी माध्यमिक विद्यालयको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत वार्षिक परीक्षामा सर्वोत्कृष्ट र खेलकुदलगायत विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यार्थीले नृत्य, गीत, नाटकलगायतका प्रस्तुति राखेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा. गणेशमान गुरुङले गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङ शैक्षिक क्षेत्रमा न्यु ग्यालेक्सीले खेलेका भूमिका प्रशंसनीय भएको बताए । विद्यार्थीलाई शैक्षिकसँगै अन्य गतिविधिमा पनि सहभागी गराउनुपर्ने भन्दै उनले यसमा न्यु ग्यालेक्सी अग्रस्थानमै आउने स्पष्ट दावी गरे ।

उनले न्यु ग्यालेक्सीका विद्यार्थी विभिन्न खेलकुदमा प्रथम स्थान हासिल गरेको आफूले धेरै पटक सुनेको र यसबाट अन्य विद्यालयले पनि पाठ सिक्नुपर्ने बताए ।

विद्यालयका प्राचार्य डा. रामजी शर्माले विद्यार्थीलाई कितावी ज्ञानसँगै हरेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै आएको बताए । उनले आफ्ना विद्यार्थीले हिसान स्पोट्र्स मिट लगायतका अन्य गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्दै आएको स्पष्ट पारे ।

साथै न्यु ग्यालेक्सीमा अध्ययन गरेका केही विद्यार्थीहरु उच्च ओहोदामा पनि पुगिसकेको भन्दै यसले विद्यालयको गरिमालाई अझै उचाइमा पुर्याएको बताए ।

सहप्राचार्य राजेश भण्डारीले न्यु ग्यालेक्सी पोखराका उत्कृष्ट विद्यालयअन्तर्गत गर्ने दावी गर्दै गुणस्तरीय शिक्षामा कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए ।

विद्यालय निर्देशक राजु कायस्थले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै धेरै भन्दा धेरै अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको बताए ।

एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले न्यु ग्यालेक्सी नमुना विद्यालय भएको दावी गरे ।

विद्यालयका संरक्षक लक्ष्मी कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य भण्डारीले स्वागत, शिक्षकद्वय अनुराग अधिकारी र धनप्रसाद प्रसाद श्रेष्ठ, विद्यार्थीद्वय सोनिका पोखरेल र तिष्णा कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

केही तस्बिरहरु

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button