पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा पोखराको फेवातालस्थित डुंगा व्यवसायी र चालकसँग अन्तरक्रिया गरिएको छ ।
सो अवरमा मादक पदार्थ सेवन चोकजाँच पनि गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।
२५ जना डुंगा चालकमा परीक्षण गर्दा एक जनाले मापसे गरेको पाइएपछि आवश्यक कार्वाहीका लागि डुंगा व्यवसायी संघमा पठाइएको डीएसपी शर्माले बताए ।
सो अवसरमा डीएसपी शर्मा र वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठलगायत सरोकारवाला सहभागी थिए ।
कास्की प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले डुंगा व्यवसायी र चालकलाई मौसमको खराबी तथा हावाहुरीका कारणबाट हुन सक्ने दुर्घटना, लाइफ ज्याकेटको सही प्रयोग, अकस्मात, हुन सक्ने डुंगा दुर्घटनामा अपनाउनु पर्ने सावधानीका उपाय, मादक पदार्थ सेवन गरी डुंगा नचलाउने विषयमा प्रशिक्षण दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution