पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ ।
युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् ।
नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए ।
युआरएलका अरु शाखाले ३० प्रतिशत छुटसहित आवश्यकता अनुसार केही रगत जाँच सित्तैमा गर्ने अफरसमेत सार्वजनिक गरेका छन् ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै अग्रणी ल्याब भएकाले सबै क्षेत्रमा नमुना बन्ने गरी काम गरिरहेको जनाए ।
उनले सर्वसाधारणलाई सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै प्रदेशलाई नै रक्त जाँचमा आत्मनिर्भर बनाउने गरी लागिपरेको उल्लेख गरे ।
युआरएलले अहिलेसम्म आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७ वटा स्वास्थ्य शिविर गरिसकेको छ । ती शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।
यसैबीच, घिरिङ पोखरा सम्पर्क मञ्चको आयोजना र युआरएलको प्राविधिक सहयोगमा सोमबार पोखरा-१४, कदम मार्गमा सचेतनासहितको स्वास्थ्य शिविर हुँदै छ ।
शिविरमा मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution