पोखरामा मोटरसाइकलमा आगलागी, जलेर पूर्णरुपमा क्षति

पोखरा । पोखरामा मोटरसाइकलमा आगलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको छ ।

पोखरा महागरपालिका वडा नं. ७ एयरपोर्ट अगाडि आज दिउँसो २ बजे रोकिराखेको मोटरसाइकलमा आगलागी भएको हो ।

पर्वत कुश्मा नगरपालिका वडा नं. १३ घर भइ हाल पोखरा-२ मिरूवा बस्ने शरुण नेपालीको ग६प ५४३० नं. को मोटरसाइकलमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आगलागी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट जलेर मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार पोखरा-२९ भण्डारढिकमा पनि स्कुटरमा आगलागी भएर पूर्णरुपमा क्षति भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button