पोखराको सेती नदीमा पुनको शव भेटियो

पोखरा । पोखराको सेती नदीमा एक युवकको शव भेटिएको छ । शव कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ करूवाका २५ वर्षीय जगत पुनको भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुन वैशाख १ गते राति ८ः३० बजे घरबाट हिंडेर सम्पर्कविहीन भएका थिए । आफन्तले उनको खोजीगर्नेक्रममा आज बिहान १०ः२० बजे घरभन्दा केही तल सेती नदी किनारमा उनले लगाएको चप्पल र उनको झोला भेटिएको थियो । पुनका परिवारजनले यो सूचना कास्की प्रहरीलाई जानकारी दिएका थिए ।

त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली, सशस्त्र प्रहरी बल, नेपाली सेनाको समेत रेस्क्यु टोली, स्थानीय, आफन्तजनको सहकार्यमा खोजी गरिएको थियो ।

खोजी गर्दै जाँदा आज दिउँसो २ः१५ बजे सेती नदीको ढुंगामा अड्किएको अवस्थामा पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव नदीबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाउको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button