तेल ट्यांकरकाे ठक्करबाट प्रहरी जवानको मृत्यु

बारा । बारामा सवारी दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिकामा सोमबार राति १०ः४० बजे ना७ख ३०२६ नम्बरको तेल ट्यांकरले परियार सवार ग१४प ५९७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका परियारको उपचारको क्रममा परवानीपुरस्थित एल.स. न्युरो हस्पिटलमा राति १ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button