सुनको मूल्य हालसम्मकै उच्च

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार पाँच रुपैयाँ थियो ।

यो साताको आइतबार सुनको मूल्य तोलामा एक लाख ३६ हजार आठ सय रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा एक हजार सात सय ५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १ हजार सात सय १५ रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button