प्रसिद्ध गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’को निधन

पोखरा । प्रसिद्ध गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।

जण्डिस र निमोनियाबाट पीडित उनको ७० वर्षको उमेरमा आज निधन भएको हो ।

उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शिव कास्कीको रुपा गाउँपालिका वडा नं. ५ देउराली निवासी हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् ।

उनका ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत पनि चर्चित छन् ।

स्व. पंगेनीको बुधबार अन्त्येष्टि गरिने बताइएको छ ।

उनको निधनप्रति पोखरेलीले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button