काठमाडौँ । नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको नेपालले ११ः४५ बजे साउदीसँग खेल्न लागेको हो ।
निष्फिक्रीसाथ आजको खेलमा खेल्ने नेपाललाई कीर्तिमान तोड्नका लागि ठूलो अवसर रहेको छ ।
यतिबेला टी-२० क्रिकेटमा सबैभन्दा बढी रन कसले बनाउने र कम बलमा शतक वा अर्धशतक कसले हान्ने भन्ने होड छ । सोही क्रममा खेलाडीहरुलाई हात खुला राख्नका लागि यो खेल अति नै महत्वपूर्ण छ ।
किनकि यो खेल हार्दासमेत नेपाल समूह विजेता नै बन्दै सेमिफाइनलमा पुग्नेछ ।
भारतमा जारी इण्डियन प्रिमियर लिगमा उच्च योगफलको धमाधम रेकर्ड बनिरहँदा नेपालको रेकर्ड भने अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
नेपालले गत वर्ष चीनमा भएको एसियन गेम्स अन्तर्गतको खेलमा मंगोलियाविरुद्ध बनाएको तीन सय १४ रन अहिलेसम्मकै अन्तर्राष्ट्रिय क्रिकेटको उच्च योगफल हो ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले नाै बलमा अर्धशतक बनाएका छन् । जारी टी-२० मै दिपेन्द्रले एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका छन् ।
यसअघि नेपालले हङकङ, मलेसिया र कतारमाथि जित हासिल गर्दै सेमिफाइनलमा ठाउँ बनाएको हो ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् ।
नेपालको छ, साउदीको दुइ खेलबाट दुइ तथा मलेसिया, कतार र हङकङको तीन खेलबाट दुइ अंक छ ।
समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution