पोखराको ठूलाकोट कालभैरव मन्दिरमा रोट पकाउने पर्व

पोखरा । ऐतिहासिक एवं धार्र्मिकस्थल पोखरा-८, ठूलाकोट कालभैरव मन्दिरमा यस वर्ष रोट पकाउने पर्व मनाइएको छ ।

वर्षको दुई पटक बडादसैं र चैतेदसैंमा भैरवको विशेष पूजापाठ गरिँदै आएकोमा यस वर्षको चैतेदसैंमा अष्टमीका दिन फरक र भिन्न तरिकाले भैरवको पूजापाठ गरिएकोे पीठाधीष वसन्तनाथ योगीले बताए ।

२०८१ सालमा ३ दसैं पर्ने भएकाले यो वर्षमा भैरवले पृथ्वीको भ्रमण गर्ने प्राचीन भनाइ रहेकाले भैरवलाई खुसी पार्नका लागि विशेष प्रकारको रोट पकाउने र भैरवलाई चढाउने प्रचलन अनुसार विभिन्न सामग्री मिसाएर तयार पारिएको एक पाथी पिठो बराबरको रोट पकाइएको पुजारी वसन्तनाथ बताउँछन् ।

भैरवका नाममा बनाएकोे रोट प्रसाद खाँदा नयाँ वर्ष फलिफाप हुने, अन्नबाली राम्रो हुने, रोग ब्याधि नलाग्ने प्राचीन मान्यता रहेकाले रोटका लागि आवश्यक सामग्री प्रसादको रुपमा जम्मा गरी वैदिक विधिपूर्वक यज्ञमण्डपमा रोट पकाएर भैरवलाई चढाइने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष तिलकशाली अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button