आज विश्व सम्पदा दिवस मनाइँदै

पोखरा । विश्व सम्पदा दिवस आज परेको छ । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

संसारभरका सम्पदाको संरक्षण, प्रवर्द्धन र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउने उद्धेश्यले हरेक वर्ष अप्रिल १८ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । सम्पदाको संक्षण र संवर्द्धनका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष यो दिवस मनाउने गरेको छ ।

कुनै पनि मुलुकको ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य अर्थात महत्व झल्काउने स्थल या संरचना त्यहाँका सम्पदा हुन् ।

दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ । भूकम्पले ३२ जिल्लाका १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्ये अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो ।

नेपालका सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौं दरवार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत छन् ।

नेपालमा अहिले विकासका नाममा मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गामाथिको अतिक्रमण बढेको छ । देवी देवताका मूर्ति चोरी हुन्छन् ।

जीर्ण अवस्थामा रहेका कयौं सम्पदा संरक्षणको पर्खाइमा छन् । पर्याप्त बजेटको अभाव र बजेट कार्यान्वयन कमजोर हुँदा सम्पदाको संरक्षण चुनौतीपूर्ण बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button