देवघाट-हलेसी माउन्ट एभरेष्ट मोटर र्‍याली

पोखरा । बागमती अटोमोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको संयुक्त आयोजनामा बुधबारबाट देवघाट हलेसी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू भएको छ ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिलकुमार बरालले फ्ल्याग अफ गरेर र्‍यालीको शुभारम्भ गरेका हुन् । र्‍याली ७ वैशाखसम्म चल्नेछ ।

र्‍यालीको उद्घाटन गर्दै नगर उपप्रमुख अधिकारीले भ्रमण वर्ष सफल बनाउन र्‍याली महत्वपूर्ण भएको बताए ।

एसोसिएसन अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागी हुने बताए ।

नेपाली मोटर स्पोर्टस् प्रादेशिक संरचनामा गएपश्चात यो र्‍याली बागमती अटोमोबाइल एसोसिएसनको दोस्रो इभेन्ट हो ।

प्रत्येक दुई वर्षमा उक्त र्‍याली आयोजना गर्दै आएको र विजेतालाई सिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताए ।

चितवन उद्योग वाणिज्य संघ अध्यक्ष लगायत पदाधिकारी, नासा नेपालका पदाधिकारी तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारी समेतको उपस्थिति थियो ।

विश्वमै अत्यन्तै साहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधा अटोक्रससमेतको मिश्रण रहेको उक्त र्‍यालीको टिएसडी र्‍याली विधा एक दशकदेखि नेपालमा अत्यन्तै प्रचलनमा छ ।

टाइम, डिस्ट्यान्स र स्पिड अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्न विभिन्न चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पिड तय गरिएको हुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button