म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो ।
प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो सङ्ख्या अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो ।
सडक मार्गबाट चार लाख १४ हजार दुई सय ८० जना र हवाईमार्गबाट ११ हजार छ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक विकले बताए ।
घुम्न आएका आन्तरिक पर्यटकमध्ये तीन लाख ३५ हजार चार सय ६६ सडकमार्गबाट र एक हजार आठ सय ७९ पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन् ।
घुम्न आएका कूल पर्यटकमध्ये ८८ हजार छ सय १९ जना विदेशी पर्यटक आएका थिए । विदेशी पर्यटकमा पनि ७८ हजार आठ १४ सडकमार्गबाट र नौ हजार आठ सय पाँच जना हवाईमार्गको प्रयोग गरी मुस्ताङ आएको देखिएको छ ।
मुस्ताङ भित्रिने विदेशी पर्यटकमा ठूलो सङ्ख्या भारतीयको छ । सात हजार आठ सय आठ पर्यटक सार्क राष्ट्रबाहेकका पर्यटक हुन् ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका प्रमुख आकर्षण हुन् ।
मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायतका स्थान मुस्ताङका धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित छन् ।
म्याग्दी हुँदै सडक मार्ग, थोराङ्ला पास हुँदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गर्छन् । सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए ।
मुस्ताङमा पर्यटकको चहल पहल बढ्नुमा यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिनु, डिजिटल मार्केटिङ र सुविधायुक्त होटल खुल्नु लगायतका कारण हुनसक्ने पर्यटन व्यवसायीको अनुमान छ ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले गजलकार पङ्गेनीका कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
‘कीर्तिशेष पङ्गेनीले साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँले सृजना गर्नुभएको तर प्रकाशन नभएका कृतिलाई गण्डकी प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’, उनले भने ।
यस्तै, गण्डकी प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्मजयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शीर्षकमा सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
बैठकले गण्डकी प्रदेशको चिनारी गीतका सर्जक रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै प्रतिष्ठानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution