|फाइल तस्बिर
स्याङ्जा । आगो निभाउने क्रममा जलेर बिहीबार दिउँसो स्याङ्जाको बिरुवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिरुवा गाउँपालिका ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर गुरुङका अनुसार आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई आगो निभाउने क्रममा जलेर गुरुङकाे घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution