प्रजातन्त्र सेनानी देवदत्त कोइरालाको निधन

  • पोखरा न्यूज
  • २०८१ बैशाख ७
प्रजातन्त्र सेनानी देवदत्त कोइरालाको निधन

पोखरा । नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी देवदत्त कोइरालाको गएराति निधन भएको छ ।

केही समयदेखि बिरामी रहेका कोइरालाको ७७ वर्षको उमेरमा गएराति ३ः२० मा निधन भएको हो ।

कोइराला सेवा समाज कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका कोइरालाका श्रीमती, एक छोरा र पाँच छोरी छन् ।

स्व. कोइरालाको आज बिहान १० बजे प्रस्याङस्थित निवासबाट शवयात्रसहित सेतीनदी घाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस पोखरा-५ का सभापति प्रकाश कोइरालाले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस