करेन्ट लागेर एक जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ बैशाख ७
करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।

विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ ।

इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका-८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस