दाङ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।
गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो ।
घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए ।
त्यहीबेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution