जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते, चालक फरार

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन् ।

जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी-३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति लु१ज २५३५ नम्बरको जीप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए ।

घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button