पोखरा । तनहुँमा एक वृद्ध व्यक्तिको हत्या भएको छ । तनहुँको म्याग्दे गाउँपालिका वडमा नं. ६ घर भइ हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ६ घारीस्थित बस्दै ७६ वर्षीय रापबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउसो रापबहादुरकै छोरा २६ वर्षीय दीपक विकले चक्कु प्रहार गरेर उनको हत्या गरेका हुन् । रापबहादुर केही समयदेखि घारीस्थित छोरीको घरमा बस्दै आएका थिए ।
दीपकलाई नियन्त्रणमा लिएर हत्यासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायाले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution