म्याग्दीमा टिपर दुर्घटना : एकको मृत्यु, घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा ल्याइयो

पोखरा । म्याग्दीमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ जिल्लाको बरैयाका ४० वर्षीय बीरबहादुर चौधरी रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शव चौधरीको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ ।

सो दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा टिपर चालक रुपन्देही देवीनगरका ४० वर्षीय कमल श्रेष्ठ, सहचालक नवपरासी त्रिवेणी गाउँपालिका-६ का २० वर्षीय राहुलसिंह ठकुरी र रामेछापका २७ वर्षीय भुवन कार्की छन् ।

घाइतेमध्ये चालक र सहचालकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको छ । घाइते कार्कीको भने स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीको लु२ख ६११२ नम्बरको टिपर निर्माणाधीन राहुघाट मङ्गले जलविद्युत आयोजना स्थलमा सिमेन्ट ढुवानी गरेर फर्किने क्रममा रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित गैराबारीमा दुर्घटनामा परेको हो ।

टिपर सडकदेखि दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

घटनास्थलमा डिएसपी श्रेष्ठको नेतृत्वमा प्रहरी टोली, नेपाली सेना र वडाध्यक्ष थकबहादुर पाइजा, स्थानीयबासीसहितको टोलीले उद्धार गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button