प्युठान । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय बिमल डाँगी रहेका छन् ।
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका एक जनाको नेपालगन्जतर्फ रिफर गरिएको छ ।
माण्डवी गाउँपालिका-१ मुर्कुटी छबिसे चौरस्थित सडकमा घोराहीबाट प्युठानतर्फ जाँदै गरेको रा५प १५२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution