सुनको भाउ घट्यो

पोखरा । सोमबार सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ३८ हजार दुई सय रुपैयाँमा झरेको हो ।

आइतबार र शुक्रबार सुन प्रतितोला एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार सात ४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार साय पाँच रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button