पोखरा । पोखरामा होटलको झ्यालबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिकाका २८ वर्षीय भुवनेश झा रहेका छन् ।
पोखरा-६ लेकसाडको स्ट्रिट नं. १४ स्थित होटल तुलसीमा आइतबार बिहान करिब ८ बजे सो घटना भएको बताइन्छ । झा होटलको दोस्रो तलाको झ्यालबाट खसेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको बताइन्छ ।
घटनाका बारेका उनीसँगै रहेका अन्य साथीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । झाको शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ । झाका पाँच जना साथीलाई कागज गराएर छाडिएको छ ।
प्रहरीका अनुसार झासहित छ जनाको टोली तीन दिनअघि पोखरा आएका थिए । उनको साथीमा विदेशी पनि थिए । आइतबार राति होटल बाहिरै बसेर सोमबार बिहानमात्रै होटलमा आएको पाइएको कास्की प्रहरीका सूचना अधिकारी वसन्त कुमार शर्माले बताए ।
बैदाम प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेएको डीएसपी शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution