पोखरा । सुनको मूल्य आज पनि घटेको छ ।
अघिल्लो दिन प्रतितोला एक हजार एक सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार थप दुई हजार सात सय रुपैयाँले घट्दै एक लाख ३५ हजार पाँच सय रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्यसमेत आज तोलामा दुई हजार सात सय रुपैयाँले घट्दै एक लाख ३४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution