काठमाडौंबाट घर फर्कँदै गर्दा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ बैशाख ११
काठमाडौंबाट घर फर्कँदै गर्दा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका-२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा सर्लाहीको ईश्वरपुर-५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु काठमाडौंदेखि सर्लाहीस्थित घर जाँदै गर्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस