पोखराको दराज अनलाइनमा चोरी, तीन जना पक्राउ

पोखरा । पोखराको नयाँबजारस्थित दराज अनलाइन डेलिभरी भवनमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

उनीहरुले गत चैत २४ गते दराज अनलाइनको कार्यालयबाट लकरसहित नगद पाँच लाख ८२ हजार पाँच सय ८० रूपैयाँ, सामसुम मोबाईल र झोला चोरी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार उनीहरुको खोजी गर्नेक्रममा वैशाख १० गते पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा-१५, टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा-१० रंगशालाका २७ वर्षीय विकास अधिकारी र पोखरा-२, नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी छन् ।

उनीहरुको साथबाट लकर र झोला बरामद भएको डीएसपी शर्माले जानकारी दिए । उनीहरुको साथमा चोरी भएका रकम फेला नपरेकोले अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button