नाउरको मासु बोकेर पोखरा आउँदै गर्दा लामा पक्राउ

पोखरा । पोखरामा दुर्लभ वन्यजन्तु नाउरको १० किलोग्राम मासु र हड्डीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर ८ का ६९ वर्षीय बोरबहादुर लामा छन् ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले पोखरा-३० को पावरहाउसस्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार लामालाई थप अनुसन्धानका लागि वन कार्यालय पठाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button