|फाइल तस्बिर
पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटना भएको छ । सो दुर्घटनामा परेर तालमा डुबेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
दिउँसो करिब ३ बजे अचानक हावाहुरी चल्दा सो दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ ।
डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह र आठ वर्षीया रजिना खातुन र डेढ वर्षीया मीरा रानी तालमा अड्किएका थिए ।
फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुणकुमार शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution