|प्रतीकात्मक तस्बिर
झापा । झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार राति ७ः५५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा१प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
मोटरसाइकल चालक खरेल र पछाडि सवार मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रशन्न दनुवार घाइते भएका थिए ।
घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक खरेललाई चिकित्सकले मृत घोषित गरेका थिए। अर्को घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारीसाधनका बारेमा बुझ्ने कार्य भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution