पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ को आयोजनामा पाँच दिने सरसफाइका सामग्री बनाउने तालिम सकिएको छ ।
वडाभित्रका अल्पसंख्यक, दलित तथा निम्न आय भएका बेरोजगार तथा गृहणीलाई लक्षित गरी साबुन, सरफ, भाडा धुने झोल साबुनका साथै आयमूलक तालिम दिइएको हो ।
तालिममा ८० जना सहभागी थिए । तालिममा “प्लान स्टार सानो संसार” काठमाडौंले सहजीकरण गरेको थियो ।
तालिम समापन समारोहका गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले तालिममा सहभागीलाई साबुन बनाउने मेसिन प्रदान गरेका थिए । साथै उनले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गरे ।
कार्यक्रममा वडासचिव राम बहादुर खत्री, सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल महानगर संयोजक अनिल थापा, कार्यक्रम संयोजक शोभा जलारी, प्रशिक्षार्थी मीना जलारी, चित्रा परियार, लक्ष्मी भुर्तेल अधिकारी, लीला सुनार लगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution