हाम्रो बहुृृउद्देश्यीय सहकारीको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा । पोखराको न्यूरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले २५औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ ।

संस्थाका सल्लाहकार बोधराज पौडेलले पहिलो रक्तदाता तथा सेयर सदस्य पवित्रमणि भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

सो अवसरमा पौडेलले मानवीय जीवनमा रक्तदान जत्तिको पवित्र काम अन्य नहुने बताए ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश क्षत्रीले सामाजिक कार्यलाई संस्थाले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

सचिव नरेश तिमिल्सिनाले रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिए ।

संस्थाका उपाध्यक्ष प्रकाश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पिताम्बर (विनय) पराजुली, सल्लाहकार महेन्द्रराज अधिकारी, उमनाथ बराल, रमेश पौडेल, प्रमुख ब्यवस्थापक शिव शर्मा वाग्ले, लेखा संयोजक राजुराज पौडेल, ऋण संयोजक गणेश पहारी, ऋण समिकिा सदस्य क्या कृष्णबहादुर गुरुङ र शिक्षा उपसमिति संयोजक कमला सुवेदी लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button