मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिमा अनोक

पोखरा । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समिति अध्यक्षमा अनोक पुलामीमगर निर्वाचित भएका छन् । समितिको २३औं अधिवेशनले अनोकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समिति उपाध्यक्षमा इन्द्रा थापामगर, सचिवमा कविता घर्तीमगर, सहसचिवमा देवुजंग बुढाथोकी मगर र कोषाध्यक्षमा कामना थापामगर छन् ।

कार्यसमिति सदस्यमा जीवन आलेमगर, सरिता मगर, दिनेश थापामगर, सूर्य श्रीस मगर, तेजसरा रानामगर, धनमाया घर्तीमगर, सम्झौता सप्लाङ्गीमगर, शर्मिला सिंजालीमगर निर्वाचित भए ।

यसैगरी विमल रानामगर, सुष्मा थापामगर, भावना थापामगर, सविना थापामगर, दिया रानामगर, मुस्कान थापामगर, सिर्जना घर्तीमगर, कदमकुमारी थापामगर, लक्ष्मी थापामगर, प्रतिमा थापामगर, मनिषा थापामगर पनि कार्यसमिति सदस्यमा निर्वाचित भए ।

संघका पूर्व केन्द्रीय सदस्य गोविन्द पुनमगर संयोजक, केन्द्रीय सदस्य प्रेम बुढामगर, पूर्व केन्द्रीय सदस्य तुलसी पुर्जामगर, गण्डकी प्रदेश अध्यक्ष डेक पुनमगर, जिल्ला अध्यक्ष महेश घर्तीमगर, पृथ्वीनारायण क्याम्पस समिति निवर्तमान अध्यक्ष सोनम थापामगर सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सदस्य चयन गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button