पोखरा । पोखरा-२५ हेमजास्थित विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभिमुखीकरण तथा कानूनी व्यवस्थासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतवर्षको अवसर पारेर आयाेजित कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको सहकार्य र नौलो घुम्तीको प्राविधिक सहयोग रहेकाे थियाे । कार्यक्रममा ५३ विद्यार्थी सहभागी थिए ।
विद्यालयका माध्यमिक तह इन्चार्ज गणेशबहादुर थापाले बढ्दो उमेरका विद्यार्थीलाई समाज र संगतले लागूपदार्थसँग आकर्षित गर्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सहजकर्ताका रूपमा नौलो घुम्ती नेपाल लागूपदार्थ परामर्श तथा पुन:स्थापना केन्द्रका सहजकर्ता लक्ष्मण पन्त र रूपेश थापा थिए ।
पन्तले निर्धारित समयमा उत्पादन र फाइदा लिनका लागि त्यसको पूर्वतयारी पहिल्यैबाट जरुरी हुने भएकाले युवा अवस्थाका युवायुवतीलाई आठ ८ कक्षादेखि नै लागूपदार्थ दुर्व्यसनी बारेको परामर्श आवश्यक रहेको बताए ।
उनले विद्यार्थीलाई मोवाइल, टिकटक र फेसबुकमा भुल्नुभन्दा किताबमा भुल्नु असल मानव बन्नका लागि सबैभन्दा उत्तम विकल्प रहेको सुझाव दिए ।
रूपेश थापाले युवापुस्तामा राम्रो नराम्रो भनेर ज्ञानको कमि हुँदाका कारण पनि लागूपदार्थको लत जानेर भन्दा अन्जानमा बस्न सक्ने भएकाले त्यसप्रति सचेत रहनुपर्नेमा जाेड दिए।
मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतमले सचेतना नै दुर्घटना न्यूनीकरणको पहिलो आधार भएकाे बताए । उनले प्रतिष्ठानले विद्यार्थी र समुदाय केन्द्रित कार्यक्रम गरेर उत्कृष्ट नमूना प्रस्तुत गरेको बताए ।
प्रतिष्ठानका सह-सचिव गंगा त्रिपाठीले प्रतिष्ठानका रजत जयन्ति विशेष गतिविधिलाई सफल पार्न सहयोग गर्नेप्रति आभार व्यक्त गरिन् ।
स्थापनाको रजत वर्षमा विगतका भन्दा पृथक २५ कार्यक्रम गरेर साहित्यमात्र नभएर सभ्य समाज निर्माणका लागि प्रतिष्ठान अगाडि बढेको दिवाकर पौडेलले बताए ।
कार्यक्रमका अध्यक्ष बलराम पौडेलले २५ विशेष कार्यक्रममध्ये अब सात वटा कार्यक्रम बाँकी रहेकाे बताए । उनले विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत शनिबार अम्बिका मावि सुइँखेतमा नेतृत्व विकास कार्यशाला राखिएको जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution