गण्डकी प्रदेश प्रहरीको कमाण्ड महिलाले सम्हाल्दै, डीआइजी दुर्गा आउँदै

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंह चन्दले जिम्मेवारी पाएकी छन् ।

सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी चन्दलाई गण्डकी प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।

चन्द यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिइन् ।

यसअघिका प्रदेश प्रहरी कार्यालय गण्डकी प्रमुख डीआइजी विकासराज खनालले अघिल्लो साता अवकास पाएपछि सो पद रिक्त थियो ।

उनले ५६ वर्षीय उमेर हदका कारण वैशाख ६ मा अवकास पाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button