पोखरा । बेल्जियममा व्यवसाय गर्दै आएका एक नेपालीको सवारी दुर्घटनामा परी ज्यान गएको छ । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका निवासी वीर फगामी मगर छन् ।
आफैले चलाएको भ्यानलाई ट्रकले ठक्कर दिँदा मगरको घटनास्थलमै ज्यान गएको बताइएको छ । मगरले बिहीबार दिउसो भ्यानमा आफ्ना रेस्टुराँमा काम गर्ने कर्मचारी लिन आन्त्वर्पेन जाँदै गर्दा सो दुर्घटना भएको समाचार स्रोतले जनाएको छ ।
उनको शवलाई अस्पतालमा राखिएको र स्थानीय प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।
उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution