पोखरामा प्रथम यु-२३ बास्केटवल प्रतियोगिता हुने

पोखरा । पोखरामा प्रथम यु-२३ बास्केटवल प्रतियोगिता हुने भएको छ । पोखरा-९ स्थित महेन्द्रपुल युथ क्लबले यही वैशाख २८, २९ र ३० गते सो प्रतियोगिता आयाेजना गर्न लागेकाे हो ।

प्रतियोगिताअन्तर्गत शनिबार व्यानर अनावरण गरिएको छ । पोखरा-९ की जनप्रतिनिधि गीता चर्माकार, क्लबका संस्थापक अरविन्द श्रेष्ठ, सुवर्ण कायस्थले ब्यानर अनावरण गरेको क्लबका अध्यक्ष आनन्द तझ्याकाजीले जानकारी दिए ।

सो अवसरमा सल्लाहकार विद्या मर्सानी, संस्थापक बुद्ध गुभाजुले क्लबको गतिविधि र बास्केटवल प्रतियोगिताबारे प्रकाश पारेका थिए ।

क्लबका अध्यक्ष तझ्याकाजीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुमान कायस्थले स्वागत र सचिव राजु कायस्थले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रतियोगिता संयोजक सैजल जोजिजुले प्रतियोगिताको तयारीबारे जानकारी गराएका थिए ।

क्लबका सचिव कायस्थका अनुसार प्रतियोगिता विजेताले ४० र उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने टिमका लागि प्रवेश शुल्क चार हजार रुपैयाँ तोकिएको छ । टिम दर्ताको अन्तिम समय वैशाख २८ गतेसम्म रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button