|फाइल तस्बिर
पोखरा । पोखरामा आज साँझ ७ः३० बजे बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग१ख ९२९७ नम्बरको बस पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित गुम्वाको ठीक तल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेमध्ये १६ जनाको गण्डकी मेडिकल कलेज र तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए । तीव्र गतिको बसको चक्का पञ्चर भएर डिभाइडरमा ठोक्किन पुगेको डीएसपी शर्माले बताए ।
दुर्घटनामा घाइते भएका सबै यात्रु तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का हुन् । जसमा ३९ वर्षकी कमला सिग्देल, ५० वर्षकी ईन्द्रकला भुजेल, ७७ वर्षकी रुपादेवी सिग्देल, २५ वर्षकी प्रमिला सिग्देल, ४७ वर्षकी सीता सिग्देल, ६३ वर्षका लोकनाथ सिग्देल, ५८ वर्षकी सीता सिग्देल, ५८ वर्षका खेमनारायण सिग्देल छन् ।
यसैगर २२ वर्षकी स्वस्तिका सिग्देल, ४८ वर्षकी शान्ति सिग्देल, ३० वर्षका सागर परियार, ६० वर्षका पूर्णचन्द्र सिग्देल, ६१ वर्षका रामप्रसाद सिग्देल, ५८ वर्षकी शारदा सिग्देल, ५७ वर्षका अग्निप्रसाद सिग्देल, ४७ वर्षकी लक्ष्मी सिग्देल, ५० वर्षका बिष्णु सिग्देल, १८ वर्षकी अनिषा गौतम र ४३ वर्षकी विष्णु गौतम पनि सोही दुर्घटनामा घाइते भएका छन् ।
प्रहरीले चालक गोरखा बारपाक सुलिकोट-६ का ४५ वर्षीय चन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको डीएसपी शर्माले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution