आज अन्तर्राष्ट्रिय नृत्य दिवस

पोखरा । आज अप्रिल २९ तारिख अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

आजको दिन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन ।

सन १९८२ अप्रिल २९ आजकै दिनमा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटीले यो दिवस मनाउने घोषणा गरेको थियो ।

जीन जर्ज नोभेरे नामका व्यक्तिको जन्मदिनको सम्झनामा अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो ।

यो दिवसको प्रमुख उद्देश्य भनेकै विश्वस्तरमा सर्वसाधारण माँझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु रहेको छ ।

सन् २००५ मा नृत्य दिवसको अवसरमा नृत्यकलालाई संसारभर प्राथमिक शिक्षा प्रणालीमा आबद्ध तथा केन्द्रित गरिएको थियो ।

नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसङ्गअनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रह्माले नृत्यवेद तयार गरेको र त्यहिबेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button