स्याङ्जाकाे वालिङमा दाङका एक युवकको हत्या, एक जना पक्राउ

पोखरा । स्याङ्जामा गएराति एक युवकको हत्या भएको छ । वालिङ नगरपालिका वडा नं. १३ बायांटारीमा बस्दै आएका दाङका २० वर्षका आयुष चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार वालिङस्थित एउटै घरमा बस्दै आएका दाङको राप्ती गाउँपालिका वडा नं. ३ का ३५ वर्षीय निमबहादुर घर्तीमगर चक्कु प्रहार गरी चौधरीको हत्या गरेका हुन् ।

गएराति ९ः४५ बजे चक्कु प्रहारबाट गम्भीर घाइते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको डीएसपी रानाले जानकारी दिए ।

एउटै ट्याक्टरमा चालक र सहचालक भएर काम गर्दै आएका उनीहरुबीच गएराति सामान्य विवाद भएको र सोक्रममा घर्तीले चक्कु प्रहार गरेको डीएसपी रानाले जानकारी दिए ।

डीएसपी रानाका अनुसार घर्तीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वालिङले घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button