पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित पोखरा-बागलुङ राजमार्गमा गएराति कार दुर्घटना भएको छ ।
पोखराको छोरेपाटनका प्रकाश रेग्मीले मादक पदार्थ सेवन गरी कार लगाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनमा परेको हो ।
सिर्जनाचोकबाट मालेपाटनतर्फ जाँदै गर्दा बा११च ७७३५ नम्बरको कार राति १२ः३० बजे नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि डिभाइडरमा ठोक्किएको हो ।
दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा परी सडकमै तेर्सिएको कारलाई साेमबार बिहान ४ः३० बजे हटाइएको थियो ।
रेग्मीले मापसे गरि तीव्र गतिमा कार चलाएका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution