तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

  • पोखरा न्यूज
  • २०८१ बैशाख १७
तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

सिराहा । सिरहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिरहा १८ जरुवा लक्ष्मिनियाँ टोलकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उनी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राती छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस