पोखरा-७ मा बृहत् दौड प्रतियोगिता, तयारी अन्तिम चरणमा

पोखरा । आगामी शनिबार पोखरा महानगरपालिका वडा नं. ७ मा बृहत् दौड प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको सहयोगमा हुने प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।

वडाभित्र क्रियाशील सामाजिक संघसंस्थालाई जगरुक गराउनुका साथै आपसी एकता वृद्घि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्छ ।

प्रतियोगिताको तयारीका लागि रविश्वर आचार्यको संयोजकतवमा मूल आयोजक समिति गठन गरिएको छ । समितिले प्रतियोगिताका आवश्यक तयारी अन्तिम चरणमा पुर्याइसकिएको सचिव मधु अधिकारीले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत खुला पुरुष, खुला महिला, २३ वर्ष मुनिको विद्यार्थी र ५० वर्षमाथिको छ विधा हुनेछ । हरेक विधामा प्रथम हुनेले पाँच हजार पाँच सय ५५, , द्वितीय हुनेले चार हजार चार सय ४४, तृतीय हुनेले तीन हजार तीन सय ३३ र सान्त्वना स्थान हासिल गर्नेले दुई हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

खुला र ५० वर्षमाथिको दौडमा सहभागिता जनाउने प्रतियोगी अनिवार्य वडावासी हुनुपर्नेछ । २३ वर्ष मुनीको दौडमा भने वडाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि सहभागिता जनाउन पाउने सचिव अधिकारीले जानकारी दिए ।

दौडको दूरी पाँच किलोमिटर हुनेछ । जसमा पोखरा-७ नुवारथोकस्थित पुष्पलाल पार्कबाट दौड सुरु हुनेछ । त्यसपछि शिव मार्ग, मदरल्याण्ड मावि, ह्याप्पी बोडिङ्ग स्कुल, मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पूरानो एयरपोर्ट, मुस्ताङचोक, घारीपाटनको हिमाली टोल, तीनकुने चोक हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब दुई लाख खर्च हुने कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदीले दावी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button