आज सुन-चाँदीको भाउ कति छ ?

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तथापि, यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै एक हजार छ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार छ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button