पर्वतमा दम्पती हत्या काण्ड : पोखराबाट दीपक र पर्वतबाट कृष्ण पक्राउ

  • पोखरा न्यूज
  • २०८१ बैशाख १८
पर्वतमा दम्पती हत्या काण्ड : पोखराबाट दीपक र पर्वतबाट कृष्ण पक्राउ

|तस्बिर : पर्वतन्यूज डटकम

पोखरा । पर्वत हत्या काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटना भएको करिब एक महिनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ र उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत चैत १९ गते राति पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजस्थित ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले एक जनालाई पर्वत र एक जनालाई पोखराबाट पक्राउ गरेको हो ।

पवर्तबाट पक्राउ पर्नेमा कृष्ण विक र पोखराबाट पक्राउ पर्नेमा दीपक परियार छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस